सीडीयोहरुलाई गृहमन्त्रीको निर्देशन- चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्नु, जनताहरुलाई दुख दिने काम नगर्नू

Yangle News
Yangle News
२०७९ पुस १८ गते
सीडीयोहरुलाई गृहमन्त्रीको निर्देशन- चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्नु, जनताहरुलाई दुख दिने काम नगर्नू

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले सोमबार बिहान प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् ।

उक्त बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी(सीडीयो)हरुलाई चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्न  निर्देशन दिएका छन्। लामिछानेले सकेसम्म छिटोछरितो ढंगले जनताका काम गर्न सीडीयो र  प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका हुन्।

गृहमन्त्री लामिछानेले सहज ढंगले जनताको काम गर्न सीडीयो र सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्। ‘गृहमन्त्रीले  मुलुकमा शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिएका छन्।’

384 views