अध्यागमन कार्यालयमा अख्तियारको छापा

Yangle News
Yangle News
२०८२ जेष्ठ ७ गते
अध्यागमन कार्यालयमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको छ । अख्तियारका अधिकारीहरूले आज साँ४ छापा मारेको हो ।

अख्तियारले अध्यागमनका केही कर्मचारीहरूलाई नियन्त्रण लिएको छ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसहित ८ जनालाई नियन्त्रणमा लिइएको हो । भिजिट भिसामा अनधिकृत रूपमा पैसा उठाएको सूचना पाएपछि अख्तियारले छापा मारेको बताइएको छ । अख्तियारले अध्यागमन कार्यालयको महत्त्वपूर्ण कागजात र कम्प्युटर पनि जफत गरेको छ ।

भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृह मन्त्रालय तानिएको थियो ।