युवा संघको नेतृत्वका लागि मतदान सुरु

Yangle News
Yangle News
२०८२ जेष्ठ १३ गते
युवा संघको नेतृत्वका लागि मतदान सुरु

राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पोखरा सभागृहमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

अध्यक्षका उम्मेदवार क्षितिज थेबे र महासचिव सुमन पुरीले पहिलो मतदान गरे । निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ । हरेक प्रदेशको लागि फरक फरक बुथ राखिएको छ । १ हजार ७६४ जना मतदाता रहेका छन् ।

निर्वाचनमा क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् । महासचिवमा थेबे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् ।

महाधिवेशनबाट युवा संघ नेपालको १५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछ । लेखा आयोगका उपाध्यक्ष र सचिवसहित ६४ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।