खेमराज गुरुङ ट्रष्टको स्रष्टा सम्मान, भजन शिरोमणि आचार्यलाई

Yangle News
Yangle News
२०८० भदौ २० गते
खेमराज गुरुङ ट्रष्टको स्रष्टा सम्मान, भजन शिरोमणि आचार्यलाई

खेमराज गुरुङ ट्रष्टले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरेको छ । स्वर्गिय गायक खेमराज गुरुङको स्मृतिमा स्थापना गरिएको प्रतिभा पुरस्कार विशिष्ट गीतकार तुलसी बस्नेतलाई दिइयो । काठमाडौँमा आयोजित कार्यक्रममा आचार्यलाई ५० हजार र बस्नेतलाई २० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ट्रष्टले विगतका वर्षहरुमा झैं यस वर्ष पनि स्रष्टा सम्मान गरेको हो ।

Yangle News

२०३० सालमा अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगितामा प्रथम भएसँगै नेपाली गीत संगितको क्षेत्रमा गर्विलो उपस्थिति जनाएका आचार्यका राष्ट्रिय गीत, बाल गीत,  आधुनिक गीत, भजनहरु, चलचित्र पाश्र्व गायनसमेत गरी ३७५ वटा आफ्नै संगित र २५ वटा अरुका संगीतका गरेर ४ सय गीत रेकर्ड छन् ।

आचार्यले हजार सपनाह्ररुको माया लागेर आउँछ, मुटु जलिरहेछ, जहाँ छन् बुद्धका आँखा लगायत दर्जनौ कालजयी गीतमार्फत नेपाली गीत संगीतको श्रीबृद्धिमा उल्लेख्य योगदान पुर्याएका छन् । ट्रष्टले यसअघिका वर्षहरुमा वरिष्ठ गीतकार रत्नसम्सेर थापा, वरिष्ठ संगीतकार प्रकाश गुरुङ, वरिष्ठ जनपक्षिय गायक रामेश र वरिष्ठ गायक दीप श्रेष्ठलाई सोहि शीर्षकको सम्मान प्रदान गरेको थियो ।

गीतकार बस्नेतले दर्जनौ लोकप्रिय गीत रचना गरेर नेपाली गीतसंगीतको क्षेत्रमा योगदान गरेका छन् । उनी रेडियो नेपालद्धारा आयोजित अधिराज्यव्यापी आधुनिक संगित सम्मेलन २०५९ मा प्रथम भएका थिए ।  ट्रष्टले सअघि यो पुरस्कार गायीका मेलिना राई, गायकहरु क्रमशः ओमप्रकाश राई, सुसन लामा र भविन ढुंगानालाई प्रदान गरेको थियो ।

स्वर्गीय गायक खेमराज गुरुङको स्मृतिमा २०७४ सालमा ट्रष्ट स्थापना भएको हो । ट्रष्टले नेपाली गीत, संगीत, कला, साहित्य र संस्कृतिको जर्गेर्ना गर्नका लागि विभिन्न नयाँ तथा पुराना प्रतिभा, स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरी हौसला प्रदान गर्दै आएको छ ।

वारि जमुना, पारि जमुना, आलु तामाले, धरानै बजार लगायत दर्जनौ लोकप्रिय गीतका सर्जक खेमराज गुरुङको २०७३ साल भदौमा कृष्ण जन्माष्टमीकै दिन निधन भएको थियो ।

Yangle News

 

320 views