आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

Yangle News
Yangle News
२०८२ असार २७ गते
आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । आज बिहान बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएसँगै मौद्रिक नीति सार्वजनिक गरिएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा, आर्थिक तथा वित्तीय स्थिति एवं परिदृश्यको विश्लेषण, नीतिगत व्यवस्था र प्रमुख कार्यक्रमहरू समावेश गरिएका छन् । यसका अतिरिक्त विदेशी विनिमय व्यवस्थापन, वित्तीय क्षेत्र सुधार एवं नियमन, भुक्तानी प्रणाली, लघुवित्त, वित्तीय पहुँच एवं ग्राहक संरक्षण र सम्पत्ति शुद्धीकरण निवारण लगायतका नीति तथा कार्यक्रमहरूसमेत यस मौद्रिक नीतिमा समावेश गरिएको छ ।

मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई छ प्रतिशत र नीतिगत दरलाई साढे चार प्रतिशत कायम गरिएको छ । यसअघि बैंकदर साढे छ प्रतिशत र नीतिगत दर पाँच प्रतिशत थियो । मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण तथा खरिद गर्नका लागि प्रवाह गरिने कर्जाको सीमा रू दुई करोडबाट बढाएर रु तीन करोड कायम गरिएको छ । पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा-मूल्य अनुपात ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ ।

व्यक्तिगत तर्फको शेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्‍याइएको छ । विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा दुई हजार पाँच सय अमेरिकी डलरबाट बढाएर तीन हजार अमेरिकी डलर बनाइएको छ । आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १२ प्रतिशतले वृद्धि हुने लक्ष्य मौद्रिक नीतिले तय गरेको छ ।

पूर्णपाठ :