प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका तीन जना मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । जेनजी आन्दोलनकारीले आगजनी गरेपछि क्षति पुगेको राष्ट्रपति कार्यालयको भवन बाहिर सोमबार अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीलाई शपथ ग्रहण गराउनुभयो ।
घिसिङलाई तीन मन्त्रालय र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रीहरुको शपथ ग्रहणमा सभामुख देवराज घिमीरे र उपसभामुख ईन्दिरा राना भने उपस्थित भएनन् ।
सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरू पनि शपथ कार्यक्रममा सहभागी भएका छन् ।