अस्कर अन्तर्राष्ट्रिय कलेजले वर्षेनी गर्दै आएको लघु-सिनेमा प्रतियोगिताको तेश्रो संस्करणका लागि आजबाट छोटा सिनेमाहरूको आव्हान गरिएको छ ।
२० वर्षभन्दा मुनिका युवायुवतीहरूका लागि लक्षित उक्त प्रतियोगिताका विजयहरु प्रथम, द्वितीय र तृतीयले क्रमशः १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । सान्त्वना पुरस्कारसहित तीनै स्थान हासिल गर्ने सिनेमाकर्मीहरूले सो कलेजमा भर्ना हुन चाहेमा पचास प्रतिशत छात्रवृत्ति उपलब्ध हुने जनाइएको छ । आव्हान गरिएका छोटा सिनेमाहरू कम्तिमा ८ मिनेट र बढीमा १५ मिनेट हुनुपर्ने शर्त राखिएको छ ।
भदौ ६ गतेसम्म चलचित्र बुझाईसक्नुपर्ने समयसीमा तोकिएको छ । भदौ १३ गते उत्कृष्ट सिनेमाहरूको प्रदर्शनीसँगै विजेताहरू घोषणा हुने तथा पुस्कार वितरण हुने भनिएको छ । युवा पुस्तालाई सिनेमा निर्माणमा उत्प्रेरित गर्न तथा विभिन्न नयाँ प्रतिभाहरूलाई पहिचान गर्न प्रतियोगिता वर्षेनी आयोजना हुँदै आएको कलेजले जनाएको छ ।