यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म

Yangle News
Yangle News
२०८२ माघ ७ गते
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।

पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचनाको परीक्षा हुनेछ । त्यस्तै यही दिन मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ । त्यस्तै दोस्रो दिन अनिवार्य नेपाली र गैरआवसीय नेपाली विद्यार्थीको लागि अतिरिक्त अंग्रेजीको परीक्षा हुनेछ ।

यसपटक एसइई परीक्षाको लागि ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले एसईई परीक्षा केही दिन पछि सारेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैतको पहिलो साता सञ्चालन गर्दै आएको छ । निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुने भएकाले परीक्षाको तालिकामा परिमार्जन गरिएको बोर्डले जनाएको छ ।

परीक्षा तालिका :

Yangle News