६ महिनामा ९ खर्ब ४० अर्बको आयात

Yangle News
Yangle News
२०८२ माघ ७ गते
६ महिनामा ९ खर्ब ४० अर्बको आयात

चालु आर्थिक वर्षको ६ महिनाको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यसअवधिमा नेपालले विभिन्न देशहरुसँग कूल १० खर्ब ८१ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ ।

पुस मसान्तसम्म ९ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा खरिद गरेको नेपालले यसै अवधिमा जम्मा १ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको मात्र निर्यात गर्न सकेको छ । वैदेशिक व्यापारमा नेपालले खुद ७ खर्ब ९७ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा १०.१५ प्रतिशतले बढी हो ।

२०८१/८२ को पुस मसान्तसम्म ८ खर्ब २२ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गर्दै जम्मा ९८ अर्ब ७८ करोड रुपैयाँ बराबरको मात्र निर्यात गरेको नेपालले ७ खर्ब २३ अर्ब रुपैयाँ घाटा व्यहोरेको थियो । यस वर्ष निर्यात ४३.७६ प्रतिशतले बढेको छ ।

कूल व्यापारमा आयात र निर्यातको हिस्सा ८६.८६ प्रतिशत र १३.१४ प्रतिशत रहेको छ । अर्थात् नेपालले एक सय रुपैयाँ बराबरको व्यापारमा करिब ८७ रुपैयाँ बराबरको आयात गर्दैगर्दा जम्मा १३ रुपैयाँ बराबरको मात्र निर्यात गर्न सकेको स्थिति छ ।