सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

Yangle News
Yangle News
२०८२ असार २३ गते
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त
फाइल तस्बिर ।

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्ति गरेका हुन् ।

राष्ट्रपति पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका थापा उच्च अदालत दिपायल र पौडेल उच्च अदालत जनकपुरमा मुख्य न्यायाधीशका रूपमा कार्यरत थिए । यस्तै पोखरेल वरिष्ठ अधिवक्ता हुन् ।

यसअघि न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले तीनै जनाको नाम सोमबार अनुमोदन गरेको थियो ।