निर्वाचन आचारसंहिता आज रातिदेखि लागू

Yangle News
Yangle News
२०८२ माघ ४ गते
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू

निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ । आयोगको कार्यालयमा आइतबार बसेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसहित पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि आयोगले दलहरूलाई बोलाएर आचारसंहिता पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको थियो । २१ फागुनमा हुन लागेको निर्वाचनका लागि आयोगले उम्मेदवार दर्ताको मिति पर्सि (मंगलबार) लाई तोकेको छ ।

आजै आचारसंहिता लागु हुने विषयमा आयोगले सरकारलाई जानकारी गराएको छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारी नेतृत्वको आयोगको टोलीले आज (आइतबार) बालुवाटारमा आयोजित एक कार्यक्रममाझ यसबारे जानकारी गराएका हुन् । आयोगका तर्फबाट आचारसंहितबारे विशेष प्रस्तुतीकरण पनि गरिएको थियो । त्यसअवसरमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता सोमबार बिहान १२ बजे (आइतबार मध्यरात) बाट लागु हुनेछ ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीका अलावा मन्त्रिपरिषद्का सदस्य, मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारी लगायतको उपस्थिति थियो ।

Yangle News

Yangle News