महाकाली नदीमा पानीको बहावले सतर्कताको तह पार गरेको छ । नदीमा पानी १ लाख ३१ हजार क्युसेक मापन भएपछि शारदा ब्यारेज (बनबासा) पुलमा चार पांग्रे सवारी साधनलाई आवतजावतमा रोक लगाइएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेकाहरुलाई दिउँसो तीन बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढीले सतर्कताको तह पार गरेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पुरानो भइसकेको बनबासा पुलबाट चार पांग्रे सवारी साधन सञ्चालनमा रोक लगाउने गरेको छ ।