काठमाडौँ महानगरपालिकाले आँखा पाकेका विद्यार्थीलाई घरमै राखेर आरामको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
महानगरको शिक्षा विभाग प्रमुख सीताराम अधिकारीद्वारा जारी विज्ञप्तिमा विद्यार्थीमा आँखा पाक्ने सरुवा रोगको समस्याका कारण विद्यालय सञ्चालनमा समस्या भएको जानकारी विभिन्न सरोकारवाला निकायबाट प्राप्त भएकाले बताएका छन् ।
सरुवा रोग भएकोले रोकथामका लागि सरसफाइमा ध्यान दिनुका साथै आँखा पाकेका विद्यार्थीलाई घरमा नै आराम गर्न लगाउने र पठनपाठन छुटेका विद्यार्थीका लागि पछि थप कक्षाको व्यवस्था गर्न आग्रह समेत पत्र मार्फत गरिएको छ ।