तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष बयान दिएका छन् । सोमबार (पुस १४) सिंहदबारस्थित आयोगको कार्यालयमा पुगेर उनले लिखित जवाफ दिएका हुन् ।
‘सुरक्षा निकायलाई त्यस दिन मैले गृहमन्त्रीको हैसियतले प्रस्ट रूपमा तीन कुरा भनेको थिएँ । पहिलो, कुनै हताहति (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस्, यसबारेमा सचेत रहनुहोला, सावधानी अपनाउनुहोला,’ भदौ २३ को घटनबारे उनले भनेका छन् ।
उनले अगाडि भनेका छन्, ‘दोस्रो, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउनुहोला । तेस्रो, यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्वविहीन हुनसक्छ । प्रदर्शनमा घुसपैठ पनि हुनसक्छ, सतर्कता अपनाउनुहोला । मैले बैठकमा दिएको निर्देशनको सार यति मात्रै हो ।’
लेखकलाई यही पुस ८ गते बयानका निम्ति आयोगले पत्राचार गरेको थियो । आयोगले उक्त समयमा पदमा बहाल सरोकारवाला सरकारी अधिकारीहरूसित यसअघि नै बयान लिइसकेको छ । बयान लिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र लेखक मात्र बाँकी थिए ।
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारले त्यस क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न आयोग बनाएको हो । उक्त दुई दिनका घटनामा ७६ जनाको मृत्यु भएको थियो । धेरैजना अझै घाइते छन् ।
वयानको पूर्णपाठ :