राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् ।
उनले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सेना परिचालनको स्वीकृति प्रदान गरेका हुन् । मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सेना परिचालनको स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यसअघि मंसिर ४ गते बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सेना परिचालन गर्ने निर्णय गर्न मन्त्रिपरिषदमा पठाएको थियो ।
राष्ट्रपति पौडेलले बिहीबार मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।
राष्ट्रपति कार्यालयको विज्ञप्ति :