नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एकीकृत समाजवादी लगायतका कम्युनिष्ट घटकहरुसँगको पार्टी एकता ऐतिहासिक र असाधारण रहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । मुलुकलाई सबै प्रकारका संकटबाट मुक्त गर्ने सवालमा कम्युनिष्ट पार्टीको अग्रणी भूमिका रहेको उल्लेख गर्दै उनले त्यसको शुरुवात आजदेखि भएको जिकिर गरे ।
नवगठित नेपाली कम्युनिष्ट पार्टीका उपसंयोजक माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या नै भ्रष्टाचार र कुशासन रहेको बताएका छन् । उनले वर्तमान राजनीतिक प्रणालीमा जिम्मेवारीभन्दा पदको मोह बढी भएको बताउँदै नेताहरुमा इमानदारी, त्याग र तपस्याको कमी रहेको पनि टिप्पणी गरे । विगतको वामएकताको प्रयासमा संलग्न रहेका अधिकांश नेताहरु यही पार्टीमा रहेको उल्लेख गर्दै मुख्य कम्युनिष्ट दल नेपाली कम्युनिष्ट पार्टी नै बनेको पनि उनले जिकिर गरे ।
नवगठित पार्टीका नेता वामदेव गौतमले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली कायम गर्नुपर्ने प्रश्ताव गरेका छन् । सधैंभरी ६/६ महिनामा सरकार परिवर्तन गर्ने, महिना-महिनामा सरकार परिवर्तन गर्ने विद्यमान शासन प्रणाली समाप्त गरेर मात्रै मुलुकलाई अघि बढाउन सकिने नेता गौतमको तर्क थियो । उनले मुलुकमा समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको जिकिरसमेत गरे ।
पार्टीका नेता नारायणकाजी श्रेष्ठले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु पार्टीको तत्कालीक कार्यनीति भएको बताए । उनले मुलुकलाई थप संकटमा जान नदिन पनि घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेकाले पार्टी त्यसलाई तत्कालीक मूल कार्यनीति बनाएको समेत स्पष्ट पारे । उनले निर्वाचनमा सहभागी हुन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।
सम्मेलनले २३ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ भने ६ महिनाभित्र महाधिवेशन गर्ने घोषणा गरेको छ । चुनाव चिन्ह पाँचकुने तारा हुने यसअघि नै पार्टीले तय गरिसकेको छ ।
घोषणापत्र :