एमाले केन्द्रीय सदस्य शेर्पा पक्राउ

Yangle News
Yangle News
२०८२ कार्तिक १८ गते
एमाले केन्द्रीय सदस्य शेर्पा पक्राउ

नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाहको मुद्दामा अदालतबाट कैद सजायको फैसला सुनाइएका उनलाई प्रहरीले मंगलबार साँझ धुम्बाराहीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले पासाङलाई पक्राउ गरको पुष्टि गरे । एमालेको जन वर्गीय संगठन जनजाति महासंघका अध्यक्ष पासाङलाई बहुविवाह मुद्दामा जिल्ला अदालत काठमाडौंले २०७९ चैत २३ मा कैदसहितको जरिवाना गर्ने फैसला गरेको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध उनले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्चले पनि गत वर्ष उनलाई उक्त मुद्दामा दोषी ठहर गरेको थियो । उच्चले उनलाई एक वर्ष कैद र पाँच हजार जरिवानाको सजाय सुनाएको थियो ।

तर, उनी राजनीतिक संरक्षण पाएर बाहिरै थिए । पासाङकी पत्नी करिश्मा खरेलले बहुविवाहको मुद्दा दिएकी थिइन् ।