इटहरीमा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

Yangle News
रासस
२०७९ कार्तिक १२ गते
इटहरीमा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका-१० मा बिहीबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राइले जानकारी दिए।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

279 views