थापागाउँस्थित मण्डला थिएटरमा जेठ १६ गतेबाट नाटक ‘बुद्ध र भिकारी’ मञ्चन हुने भएको छ । नेपाली लोककथामा आधारित यस नाटकलालाई छायाँ (स्याडो)को माध्यमबाट देखाइनेछ ।
चुलाभुली थिएटरको प्रस्तुती रहेको नाटकमा चेतन आङथुपोको नाट्य रुपान्तरण र अनिल सुब्बाको परिकल्पना र निर्देशन रहेको छ । यसअघि यो नाटक नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव र बुद्ध थिएटर फेस्टिभलमा मञ्चन गरिएको थियो ।
नाटकमा बेदना राई, प्रतिना राई, नबिन चन्द्र अर्याल, सुनिल तामाङ, रमिता राई, रूपेश लामा, गणेश ताण्डब, सौजन सेनेहाङ लिम्बु, सञ्जीव योगी, मनिष मगर लगायतको अभिनय छ ।
यो नाटक जेठ ३२ गतेसम्म मञ्चन हुनेछ ।