पुस अन्तिम साता महाधिवेशन गर्ने कांग्रेसको निर्णय (कार्यतालिकासहित)

Yangle News
Yangle News
२०८२ मंसिर १५ गते
पुस अन्तिम साता महाधिवेशन गर्ने कांग्रेसको निर्णय (कार्यतालिकासहित)

लामो रस्साकस्सीपछि अन्ततः नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गते सम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ । डेढ महिनासम्म चलेको बैठकको बिट मार्दै कांग्रेसले सोमबार १५औं महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसका लागि २० मंसिरभित्र क्रियाशील सदस्यताको फाराम पठाएर ५ पुसभित्र सदस्यता टुंग्याइसक्ने निर्णय कांग्रेसको छ । तालिकाअनुसार गाउँ/नगर/वडा अधिवेशन २०८२ पुस १६ गते, गाउँ/नगरपालिका अधिवेशनः १७ पुस २०८२, प्रदेशसभा क्षेत्रीय अधिवेशन १९ पुस, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन): २१ पुस २०८२ मा गर्ने उल्लेख छ ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २२ पुस २०८२, प्रदेश अधिवेशन २४, २५ र २६ पुससम्म गर्ने र केन्द्रीय महाधिवेशन २६, २७ र २८ पुसमा काठमाडौंमा गर्ने निर्णय कांग्रेसले गरेको हो । सो कार्यतालिका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा पेस गरेका हुन् ।

त्यस्तै, सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय भएको छ । आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्मलाई थप्ने निर्णय गरेको हो । मंसिर २३ गते कार्यवअधि सकिने र पुस मसान्तमा महाधिवेशन गर्ने मिति तय भएकाले त्यसमा थप एक महिनाको अवधि राखेर म्याद थपिएको प्रवक्ता प्रकाशशरण महतले बताए ।

महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेको निर्णयअनुसार पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउने बताएका छन् । नियमित महाधिवेशन मिति तोकिसकेको अवस्थामा त्यसलाई धकेल्ने प्रयास गरे विशेष महाधिवेशनको अवस्था आउने उनले बताए ।

उनले अझै पनि विशेष महाधिवेशन माग गर्दै गरिएको हस्ताक्षर केन्द्रीय कार्यालयमा सुरक्षित रहेको हेक्का राख्न सुझाव दिए । शर्माले सभापति देउवाले नियमित महाधिवेशनबाट आफू बिदा लिन्छु भनिसकेको अवस्थामा सभापतिलाई विशेष महाधिवेशनमा तान्न नहुने जिकिर गरे । संशोधन हुने विधानले युवालाई समेट्ने भएकाले सबै तहमा नेतृत्व लिनका लागि तयार भएर बस्न उनले आह्वानसमेत गरे ।

महाधिवेशन कार्यतालिका :

Yangle News

Yangle News

Yangle News

Yangle News

Yangle News

Yangle News