भारतीय टाइल ब्रान्ड कजारियाले सिन्धुलीको आदर्शनगरमा नयाँ सोरुम सञ्चालन गरेको छ । सिन्धुली जिल्लामा बढ्दो टाइलको मागलाई ध्यानमा राखि शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सले सोरुम सञ्चालन गरेको हो ।
विश्वस्तरीय मापदण्ड अनुसार अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक माग अनुसारका चार हजार भन्दा बढी डिजाइन उपलब्ध गराउनेछ । काजरिया टायल्सका नेपालभर ४५ भन्दा बढी शोरूम र एक सयभन्दा बढी डिलरहरू रहेका छन् ।
सेरामिक्स र टायलको उत्पादनमा कम्पनीको ३६ वर्षको अनुभव रहेको छ ।