कोशी प्रदेशको मन्त्रीपरिषद्मा दुई मन्त्री र दुई राज्यमन्त्री थपिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नयाँ थपिएको मन्त्रीपरिषदमा लिला बल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी दिईएको छ भने बुद्धी कुमार राजभण्डारी खानेपानी सिँचाई तथा उर्जामन्त्री नियुक्त भएका छन् ।
त्यस्तै रामप्रसाद मेहता उद्योग कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भए भने निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेका छन् ।
योसँगै कोशी प्रदेश सरकार तीन राज्यमन्त्री सहित ९ सदस्यीय बनेको छ । आर्थिक मामिला, सामाजिक विकास र उद्योग मन्त्रालय गरी तीन मन्त्रालय भने मुख्यमन्त्री कार्कीले नै सम्हाल्दै आएका छन् ।