सन्तोषी श्रेष्ठको नाममा राष्ट्रिय कीर्तिमान

Yangle News
Yangle News
२०८२ कार्तिक ८ गते
सन्तोषी श्रेष्ठको नाममा राष्ट्रिय कीर्तिमान

नेपाली धाविका सन्तोषी श्रेष्ठले कान्छीमाया कोजुको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोड्दै चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा कांस्य जितेकी छन् ।

भारतको झारखण्डमा महिला ५००० मिटर दौडमा उनले उक्त उपलब्धि हासिल गरेका हुन् । यस इभेन्टमा भारतीय खेलाडीले स्वर्ण र रजत जिते ।

उनले निर्धारित दूरी १६ मिनेट ३६:६२ सेकेन्डमा पूरा गर्दै कान्छीमायाको १५ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । कान्छीमायाले सन् २०१० मा चीनको ग्यान्झाउमा भएको एसियन गेम्समा निर्धारित दूरी १६ मिनेट ४९:९८ सेकेन्डमा पूरा गरेकी थिइन् ।

यस्तै, नेपालका मुकेश पालले पुरुष ५००० मिटर दौडमा कांस्य पदक जिते । उनले निर्धारित दूरी १५ मिनेट २५.५४ सेकेण्डमा दूरी पूरा गरे । यस इभेन्टमा भारतका खेलाडीले स्वर्ण र श्रीलंकन खेलाडीले रजत जिते ।

Yangle News