टासी ल्हाजोमबारे भइरहेको प्रचारप्रति जेनजी समूहको आपत्ति

Yangle News
Yangle News
२०८२ अशोज २६ गते
टासी ल्हाजोमबारे भइरहेको प्रचारप्रति जेनजी समूहको आपत्ति

प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिमण्डलमा मन्त्री बन्न लागेकी जलवायु अभियन्ता टासी ल्हाजोमबारे सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति जेनजी समूहहरूले आपत्ति जनाएका छन् ।

उनी मन्त्री बन्न लागेको सामाचार सार्वजनिक भएपछि उनको राष्ट्रियता र संलग्नताबारे सामाजिक सञ्जालमा प्रश्न उठाइको छ । जसलाई कुप्रचार र भ्रामक भन्दै इन्डिजिनिअस जेनजी कलेक्टिभ र जेनजी मुभमेन्ट अलाइन्सले आपत्ति जनाएका हुन् ।

‘जेनजी विद्रोहपश्चातको गतिशील राजनीतिक प्रक्रियामा इन्डिजिनियस जेनजी कलेक्टिभ्सको सदस्यको रूपमा सक्रिय अभियन्ता टासी ल्हान्जोममाथि ‘हेर्दै नेपालीजस्तो नदेखिने’, ‘नेपाली भाषा राम्रोसँग बोल्नै नजान्ने’, ‘विदेशी शक्तिहरू‌द्वारा परिचालित’, ‘नक्कली नागरिकता लिएकोजस्ता तथ्यहीन र कपोलकल्पित आरोपहरू लगाउँदै ‘उनलाई मन्त्रिपरिषद् सदस्य बनाउँदा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डतालाई आँच पुग्ने’ भनिएको छ । यी कुनै पनि आरोप सत्य र तथ्यमा आधारित नभएको हामी स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

यी दुई जेन-जी समूहले उनीबारे अहिले भइरहेको प्रचारलाई ‘आदिवासीमाथि गरिएको प्रहार’ भनेका छन् ।

विज्ञप्ति :

Yangle News

Yangle News