काभा पुरुष भलिबलका लागि नेपाली टोली घोषणा

Yangle News
Yangle News
२०८२ अशोज २६ गते
काभा पुरुष भलिबलका लागि नेपाली टोली घोषणा

बंगलादेशमा आयोजना हुने काभा पुरुष नेसन्स लिग भलिबलको लागि नेपाली टोलीको घोषणा भएको छ । काभा पुरुष नेसन्स लिग कात्तिक ५ देखि ११ गते (अक्टोर २२-२८) सम्म बंगलादेशको ढाकामा हुँदैछ ।

नेपाल भलिबल संघले शनिवार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको जनाएको छ । प्रारम्भिक चरणमा छनोट भएका १८ खेलाडीले असोज पहिलो सातादेखि प्रशिक्षण सुरु गरेका थिए । त्यसबाट अन्तिम टोली छनोट गरिएको हो । पुरुष टिमको मुख्य प्रशिक्षकमा भरत यादव र सहायक प्रशिक्षकमा उत्सव खड्का छन् ।

नेपाल भलिबल संघको असोज २३ गते सम्पन्न ५७ औं कार्यसम्पादन समितिको बैठकअनुसार राष्ट्रियका प्रशिक्षकहरुलाई राष्ट्रिय टिम छनोटको जिम्मेवारी दिइएको र असोज २३ र २४ गते भएको अन्तिम चरणको छनोटबाट १४ सदस्यीय टिम छनोट गरेको नेपाल भलिबल संघले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

पुरुष टोलीमा अधिकांश नयाँ अनुहारहरु छन् । यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका जम्मा ६ खेलाडी मात्र टिममा छन् भने ८ नयाँ खेलाडी पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा परेका छन् । भलिबल संघले कप्तान भने तोकेको छैन ।

Yangle News