बेइजिङमा सरकार प्रमुखसरह सम्मान प्राप्त गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज प्रमुख वक्ताको रूपमा आफ्नो सम्बोधन गर्दैछिन् ।
शनिवार राति एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारीको हिजो बेइजिङमा सरकार प्रमुखसरह भव्य स्वागत गरिएको थियो । उनी हिजो बिहान बेइजिङ पुगेकी हुन् ।
१० दिने लामो भ्रमणको क्रममा पूर्वराष्ट्रपति भण्डारीले सोमवार प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । जसअनुसार आज चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधीबीच हुने संवाद कार्यक्रममा उनी प्रमुख अतिथि रहेकी छन् । सोही हैसियतले मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय गरिएको छ ।
उक्त कार्यक्रम भने बेइजिङको स्थानीय समयअनुसार सोमबार विहान आयोजना गरिएको छ भने शुक्रबार अर्को कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नेछिन् ।
शुक्रबार नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाईसम्बन्धी चौथो संवाद कार्यक्रममा पनि उनले प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको छ ।