प्रेस युनियनका पदाधिकारीलाई १५ विभागको जिम्मेवारी

Yangle News
Yangle News
२०८० मंसिर १ गते
प्रेस युनियनका पदाधिकारीलाई १५ विभागको जिम्मेवारी

नेपाल प्रेस युनियनले १५ वटा विभाग गठन गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियनका पदाधिकारीलाई १५ विभागमा संयोजकको जिम्मेवारी तोकेका हुन् ।

प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन– २०७९) परिच्छेद ४, धारा २८ बमोजिम नेपाल प्रेस युनियनका १५ वटा विभिन्न विभागहरू गठन गरिएको हो ।

प्रेस युनियनको अनुशासन विभागको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष प्रेम केसीलाई दिईएको छ । उपाध्यक्ष दिपेन्द्र बान्तवालाई प्रकाशन तथा प्रचारको जिम्मेवारी तोकिएको छ ।

fत्यसैगरि उपाध्यक्षहरु नकुल अर्याललाई प्रशिक्षण, भीष्मराज ओझालाई समन्वय, सलोजा दाहाललाई महिला, जीवन भण्डारीलाई विधागत पत्रकारिता प्रवर्धन, माधव अर्याललाई आचार संहिता कार्यान्वयन विभाग संयोजकको जिम्मेवारी दिईएको छ ।

उपाध्यक्ष ऋषिकान्त पौडेलले प्रेस स्वतन्त्रता अनुगमन, मुरारी अधिकारीले कानुन, राजेन्द्र कार्कीले ट्रेड युनियन प्रवर्धन, अनिल कुमार कर्णले पत्रकारिता अनुसन्धान, डिल्लीराम खतिवडाले श्रमजीवी पत्रकार हकहित संरक्षण, प्रेम चुनाराले दुर्गम तथा पिछडिएको क्षेत्रमा पत्रकारिता प्रवर्धन विभाग संयोजकको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी, युनियनका महासचिव दिलीप पौडेलले संगठन विभाग प्रमुख र कोषाध्यक्ष माधव धिताल आर्थिक विभाग संयोजकको जिम्मेवारी पाएका छन् ।

विभागका संयोजकहरूले युनियनको विधानको परिधिमा रहेर पत्रकार र पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवर्धन, युनियनको संस्थागत विकास, संगठनको मूल्य–मान्यता र आदर्शलाई आत्मसात् गर्दै काम गर्ने विश्वास लिएको युनियनका अध्यक्ष लम्सालले बताएका छन् ।

क्रमशः विभागको विस्तार गर्दै लैजाने युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए ।

Yangle News