२ जिल्लाबाहेक देशैभर डेंगु संक्रमण

Yangle News
Yangle News
२०८२ अशोज २५ गते
२ जिल्लाबाहेक देशैभर डेंगु संक्रमण

गएको जनवरी महिनादेखि डेंगु संक्रमितको संख्या पाँच हजार आठ सय ७४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार एक हप्तामा मात्रै चार सय १३ नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म डोल्पा र मनाङबाहेक ७५ जिल्लामा डेंगु संक्रमण देखा परेको छ । संक्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा एक हजार पाँच सय दुई जना छन् । बागमतीमा एक हजार तीन सय ८० जना, लुम्बिनीमा नौ सय ९१ जना, कोशीमा आठ सय तीन जना, सुदूरपश्चिममा छ सय ८४ जना, मधेशमा एक सय २४ जना र कर्णालीमा तीन सय ९० जना संक्रमित रहेका छन् ।

जनवरी १ तारिखपछि डेंगुका कारण चार जनाको ज्यान गएकोछ । डेंगु संक्रमण बढ्दै गएपछि सरकारले लामखुट्टे नियन्त्रण र स्वच्छता अभियानलाई तीव्र पार्न आग्रह गर्दै सतर्क रहन आग्रह गरेको छ ।