सीके राउतलाई अल्टिमेटम दिएका वरिष्ठ उपाध्यक्षसहित ६ जनाले छाडे पार्टी

Yangle News
Yangle News
२०८२ अशोज २ गते
सीके राउतलाई अल्टिमेटम दिएका वरिष्ठ उपाध्यक्षसहित ६ जनाले छाडे पार्टी

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुलखानसहित ६ जना केन्द्रीय नेताले राजीनामा दिएका छन् । उनीहरूले बिहीबारदेखि पार्टी छोडेका हुन् ।

राजीनामा दिनेमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादव, जनमत युवा संघका संयोजक संजयकुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ संयोजक राजाराम चौधरी, राष्ट्रिय परिषद् तथा केन्द्रीय सदस्य विक्रमबहादुर बम छन् ।

बुधबार पार्टी अध्यक्ष सीके राउतलाई राजीनामा दिन उनीहरूले २४ घन्टे अल्टिमेटम दिएका थिए । तर, राउत पार्टी नेतृत्व छोड्न तयार भएनन् । उनीहरुलाई अध्यक्ष राउतले पार्टी छाड्ने यो समय उपयुक्त भएको जवाफ फर्काएका थिए ।

विज्ञप्ति :

Yangle News