जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा सुरु

Yangle News
Yangle News
२०७९ चैत्र १ गते
जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा सुरु

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा सुरु गरेको छ ।

काठमाडौंकै जतिको गुणस्तरमा एफटीटीएच फाइबर इन्टरनेट सेवा जुम्ला सदरमुकाम खलंगामामा आजबाट सुरु गरिएको हो ।

जुम्लामा तारसहितको फाइबर इन्टरनेट सेवा विस्तार गर्ने वर्ल्ड लिंक पहिलो कम्पनी हो । जुम्लालाई उच्च गतिको इन्टरनेटबाट जोड्न पाउँदा हर्षित भएको वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले बताएका छन् ।

संसारकै उच्च गतिको इन्टरनेट जुम्लामा मात्र नभइ कर्णालीभर पुर्याउने लक्ष्य रहेकोले यसको फाइदा कर्णालीबासीलाई हुने विश्वास उनले व्यक्त गरे ।

जुम्लामा फाइबर इन्टरनेट सेवा सुरु हुनु व्यापार मात्रै नभएर देश जोड्ने अभियान भएको अग्रवालले बताए । यसले सिंगो कर्णाली प्रदेशलाई जोड्ने अध्यक्ष अग्रवालको भनाई  थियो ।

 

383 views