गत मंगलबार भागेका कैदीहरूलाई नख्खु कारागार प्रशासले यथाशीघ्र सम्पर्कमा आउन भनेको छ । नख्खु कारागार प्रशासनले सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका कैदीहरूलाई यथाशीघ्र सम्पर्कमा आउन भनेको हो ।
नख्खु कारागारका सूचना अधिकारीले बिहीबार एक सूचना जारी गरेर मंगलबार भागेका रविसहितका सबै कैदीहरूलाई सम्पर्कमा नआए कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । ‘विधि, कानून र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सहयोग पुर्याउन सम्पूर्ण फरार कैदीबन्दीहरूलाई अपिल गर्दछौं’, कारागार प्रशासनले भनेको छ । कारागार प्रशासनले सम्पर्कमा आउने बन्दीहरूको हकहितको रक्षा गर्दै कानुनी प्रावधानअनुसार पुनःस्थापना प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
उक्त सूचना जारी गरेर नख्खु कारागार प्रशासनले फरार भएका सबै कैदी र थुनुवालाई अविलम्ब आत्मसमर्पण गर्न औपचारिक अपिल गरेको हो । सूचनामा फरार अवस्थाको निरन्तरताले कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन हुने मात्रै नभई भविष्यमा प्राप्त हुनसक्ने कानुनी अधिकार, सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा समेत प्रतिकूल असर पर्ने चेतावनी कारागार प्रशासनले दिएको छ ।
कारागारद्वारा जारी सूचना :