वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविस र पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुने भएको छ । उद्घाटन खेल भदौ २० गते शुक्रबार दिउँसो २ बजे शुरु हुनेछ ।
शुक्रबारै साविक उपविजेता ललितपुर क्विन्स र मधेश युनाइटेडबीच अपरान्ह ४ बजे दोस्रो खेल हनेछ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा हुने एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देशीय कभर्ड हलमा हुँदैछ ।
जहाँ साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी टोलीले सिंगल राउण्ड रोविनका आधारमा एक आपसमा खेलेपछि सर्वाधिक अंक जोड्ने दई टोलीबीच भदौ २८ गते फाइनल खेल हुनेछ । दोस्रो संस्करणमा विश्वका विभिन्न देशबाट १८ विदेशी खेलाडी एभरेष्ट महिला भलिबल लिग खेल्न नेपाल आइसकेका छन् ।
खेल तालिका :