‘शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन’

Yangle News
Yangle News
२०८२ कार्तिक २३ गते
‘शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेका शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूका संघ-संगठनलाई मान्यता नदिने भएको छ ।

मन्त्री महावीर पुनले आज विज्ञप्ति निकालेर राजनीतिक दलका भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक र कर्मचारीका संघ-संगठनलाई मन्त्रालयले मान्यता नदिने जानकारी गराएका हुन् । उनले शिक्षक, प्राध्यापक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने चेतावनीसमेत दिएका छन् ।

शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नरहेको मन्त्री पुनको दाबी छ । शिक्षक तथा कर्मचारीको पेसागत हकहितका साथै संविधानप्रदत्त हक-अधिकार अभ्यासको सधैँ सम्मान गर्ने भन्दै मन्त्री पुनले संघ-संगठनलाई गैरराजनीतिक, स्वतन्त्र र व्यावसायिक प्रकृतिको बनाउन आह्वान गरेका छन् ।

मन्त्री पुनले विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरीतका क्रियाकलाप गरेको पाइएमा कानूनअनुसार कारबाही गर्न मन्त्रालयले कुनै कसर बाँकी नराख्ने पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्ति :

Yangle News