चितवन क्षेत्र नम्बर- २ मा रवि लामिछानेकाे सानदार जीत

Yangle News
Yangle News
२०७९ मंसिर ८ गते
चितवन क्षेत्र नम्बर- २ मा रवि लामिछानेकाे सानदार जीत

काठमाडौँ – चितवन क्षेत्र नम्बर- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् ।

हालै सार्वजनिक अन्तिम मतपरिणाम अनुसार उनी भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् । लामिछाने  नेपालकै सबै बढी मतान्तरका साथ प्रतिनिधि सभा सदस्यमा बिजयी भएका हुन्  ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् भने गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन् ।

278 views