जिल्ला प्रशासन कार्यालय काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको रायअनुसार उनलाई मंगलबार साँझ हाजिरी जमानीमा छाडिएको हो ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान पक्राउ गरेको थियो । जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको हो । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।
प्रहरीले यसअघि आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरेको थियो ।