राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

Yangle News
Yangle News
२०८३ बैशाख १७ गते
राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरिएको हो ।

राष्ट्रपति पौडेलले बिहीबार वैशाख १७ गते उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि सिफारिस गरेको थियो । जसमध्ये राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेशमात्र जारी गरेका हुन् ।

विज्ञप्ति :

Yangle News