राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद् पदमा शपथ ग्रहणको बाटो खुलेको छ । सर्वोच्च अदालतले उनीविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि लामिछानेलाई शपथको बाटो खुलेको हो ।
रवि ४ मंसिर को निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका थिए। उनको नागरिकता अवैधानिक भएको भन्दै सिन्धुली घर भएका युवराज पौडेल ‘सफल’ ले रिट हालेका थिए। लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिने/नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई बोलाएको छ ।
प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सबै सांसदहरुलाई बिहीबार जेष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउँदैछन्।