आठ राजनीतिक दलले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै निर्णय फिर्ता लिन माग गरेका छन् ।
विघटित प्रतिनिधिसभाकामा सहभागी पक्ष-प्रतिपक्षका दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको प्रहारका रुपमा व्याख्या गरेका छन् ।
नेपाली जनताको मताधिकारको अवमूल्यन भएको र संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार भएको उनीहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । शुक्रवार नवनयुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए ।
८ राजनीतिक दलले भने विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेका छन् । ‘प्रतिनिधिसभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिइ तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गर्दछौं’, ८ दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति :