भोटो जात्राको अवसरमा सरकारले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयद्वारा जारी सूचनामा भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिइएको हो।
ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जाउजाखेलमा भोटो देखाउने जात्रा हुँदैछ । उक्त जात्राका क्रममा राष्ट्रपतिले पनि जाउलाखेलमा गएर भोटो देखाउने जात्रा हेर्ने प्रचलन छ ।