एएफसी एसियन कप छनोट खेलेर नेपाली टिम स्वदेश फर्किएको छ ।
लाओससँग प्रतिस्पर्धा गरेको नेपाली टिम गएराति काठमाडौं आइपुगेको हो । जारी छनोटमा अंकको खाता खोल्ने लक्ष्यसहित गएको नेपाल असफल भयो ।
लाओससँग नेपाल २-१ गोलले पराजित भएको थियो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले लाओससँग पहिलो पटक हार बेहोरेको हो । छनोट चरणमा नेपाल अझै जीतविहीन छ ।
पहिलो खेलमा किरण चेम्जोङको कम्पनीमा रहेको नेपाली टोली मलेसियासँग २-० गोलले पराजित भएको थियो । लाओससँग प्रतिस्पर्धा गर्नुअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । बलियो हङकङलाई नेपालले गोलरहित बराबरीमा रोकेको थियो ।