निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १२४ (सूचीसहित)

Yangle News
Yangle News
२०८२ कार्तिक ७ गते
निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १२४ (सूचीसहित)

निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका दलहरूको सूची सार्वजनिक गरेको छ । सार्वजनिक भएका दलहरूको संख्या १ सय २४ वटा रहेको छ । आयोगले दलहरूको अद्यावधिक सूची सार्वजनिक गर्ने क्रममा प्रत्येक दलको दर्ता मिति, प्रमुख र चुनाव चिह्न सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको सूचीअनुसार पहिलो नम्बरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ । नारायणमान बिजुक्छे अध्यक्ष रहेको नेमकिपाको चुनाव चिह्न भने मादल रहेको छ । विघटित प्रतिनिधिसभामा पहिलो दल रहेको कांग्रेस भने २६ नम्बरमा रहेको छ । अनि, दोस्रो दल एमाले भने २३ नम्बर र माओवादी केन्द्र २५ नम्बरमा रहेको छ ।

यता, दोस्रो नम्बरमा पनि अर्को वामपन्थी पार्टी मालेको दर्ता रहेको छ । महासचिव सीपी मैनाली रहेको मालेको चुनाव चिह्न भने हँसिया र तारा रहेको छ । तेस्रो नम्बरमा गान्धीवादी पार्टी नेपाल रहेको छ । जसको अध्यक्ष लालबहादुर राना र चुनाव चिह्न भेडा रहेको छ । चौथो दलमा नागरिक शक्ति पार्टी जसको अध्यक्ष छन् देवप्रकाश त्रिपाठी अनि चुनाव चिह्न चाहिँ त्रिशुल रहेको छ । पाँचौं नम्बरमा युनाइटेड नेपाल डेमोक्रेटिक पार्टी रहेको छ । अध्यक्षमा मुस्कान पौडेल र चुनाव चिह्न पुरुष रहेको छ ।

वामदेव गौतम संयोजक रहेको नेकपा एकता राष्ट्रिय अभियान पार्टी पनि कायमै रहेको छ । त्यसका संयोजक गौतमकै नेतृत्वमा पार्टी एकीकृत समाजवादीमा समाहित भइसकेको छ । तर, पार्टी भने अद्यावधिक रहेको छैन । अर्कातिर त्यसको नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी विप्लव समूहसँग आवद्ध भए पनि पार्टी भने आयोगमा कायमै देखिएको छ ।

सूची:

Yangle News Yangle News Yangle News Yangle News Yangle News Yangle News Yangle News Yangle News Yangle News Yangle News Yangle News Yangle News Yangle News Yangle News