नवनिर्वाचित उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको सपथ

Yangle News
Yangle News
२०७९ चैत्र ६ गते
नवनिर्वाचित उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको सपथ

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले शपथ लिएका हुन् ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वराष्ट्रपति  रामवरण यादव, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधव नेपाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए ।

पद तथा गोपनीयताको शपथ लिएलगत्तै यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गरेका छन् ।

उपराष्ट्रपतिले पदबहाली गरेर औपचारिक रुपमा जिम्मेवारी सम्हालेको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।  पदबहालीपछि उपराष्ट्रपतिलाई कार्यालयका तर्फबाट सचिव टेकनारायण पाण्डेले ‘ब्रिफिङ’ गरेका थिए । उपराष्ट्रपति यादवले पदबहालीपछि कार्यालय परिसरमा वृक्षरोपण गरेका छन् । यही चैत ३ सम्पन्न निर्वाचनबाट यादव मुलुकको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका हुन ।

367 views