‘संविधानको दायरामा रही निकास दिन हर प्रयास भइरहेको छ’

Yangle News
Yangle News
२०८२ भदौ २६ गते
‘संविधानको दायरामा रही निकास दिन हर प्रयास भइरहेको छ’

राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्या समाधानको खोजी भइरहेको विश्वस्त गराएका छन् ।

आज विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले देशको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रही कसरी निकास दिन सकिन्छ भनेर विचार विमर्श र हर प्रयासमा रहेको विश्वस्त पारेका छन् । मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई संयमता अपनाउन उनले अपीलसमेत गरेका छन् ।

राष्ट्रपति पौडेलले भनेका छन्, ‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु । आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपील गर्दछु ।‘

विज्ञप्ति :

Yangle News