नेपालबाट थप ८० मेगावाट विद्युत किन्न भारत तयार

Yangle News
Yangle News
२०८२ भदौ ६ गते
नेपालबाट थप ८० मेगावाट विद्युत किन्न भारत तयार

नेपालबाट थप ८० मेगावाट विद्युत किन्न भारत तयार भएको छ । नेपालका ४८‍‍.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली किन्न भारत सरकार तयार भएको हो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार, यसअघि अनुमति प्राप्त ८१०.९ मेगावाट र २६ साउनमा थप २०० मेगावाट विद्युत् निर्यातको सहमति दिएको थियो । उक्त निर्णयसँगै भारत निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको थियो । प्राधिकरणका अनुसार, हालै भारतले थप ८० मेगावाट विद्युत् निर्यात गर्न दिएसँगै नेपालबाट १०९०.९ मेगावाट विद्युत् निर्यात हुने भएको छ ।

भारतसँग नेपालले विद्युत खरिदविक्री केही वर्षदेखि सहकार्य गर्दै आएको छ । नेपालले वर्षायाममा भारतलाई विद्युत बिक्री गर्दै आएको छ । हिँउदमा भने भारतबाट किन्दै आएको छ । दश वर्षमा १० हजार मेगावाट विद्युत् भारतमा बेच्ने सहमति छ । त्यसो त नेपालले भारतको बाटो हुँदै बंगलादेशलाई ४० मेगावाट विद्युत निर्यात पनि सुरु गरेको छ ।