तोलामा ११ सय रुपैयाँले घट्यो सुनको मुल्य

Yangle News
Yangle News
२०७९ माघ १३ गते
तोलामा ११ सय रुपैयाँले घट्यो सुनको मुल्य

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ८० रुपैयाँ कायम रहेको छ ।

474 views