शेयर कारोबारको खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

Yangle News
Yangle News
२०८२ साउन १७ गते
शेयर कारोबारको खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

शेयर कारोबारको खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य रुपमा चाहिने भएको छ ।

नेपाल स्टक एक्सचेन्जले सूचना निकालेर नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरूलाई पत्राचार गरेको हो । आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग गरिरहेका ब्रोकरहरूलाई पनि यसको लागि तयारी गर्न समेत नेप्सेले निर्देशन दिइएको छ ।

ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा केवाईसी विवरण भर्नुपर्ने हुन्छ । अहिलेसम्म नागरिकता तथा नागरिकता नम्बरका आधारमा केवाईसी फारम भरिने गरिएकोमा राष्ट्रिय परिचयपत्र चाहिने भएको हो ।

यसअघि नै कारोबार खाता खोली टीएमएस प्रयोग गरिरहेकालाई पनि राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध गराउनेगरी काम गर्न नेप्सेले आग्रह गरेको छ ।