ग्लोबल आइएमई बैंकले १८ हजार बृक्षारोपण गर्ने

Yangle News
Yangle News
२०८१ पुस २३ गते
ग्लोबल आइएमई बैंकले १८ हजार बृक्षारोपण गर्ने

 

ग्लोबल आइएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा यो वर्ष १८ हजार बृक्षारोपण गर्ने भएको छ । आफ्नो स्थापनाको १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बृक्षारोपणको घोषणा गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा विभिन्न बिरुवा रोपण गरी उक्त अभियानको शुभारम्भ गर्नुभयो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । बैंकले नेपालमा बैंकिङ सेवाका साथै विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ ।