मधेश प्रदेश सभाका सदस्यले लिए पद तथा गोपनीयताको शपथ

Yangle News
Yangle News
२०७९ पुस १५ गते
मधेश प्रदेश सभाका सदस्यले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेशसभाका १०४ सांसदले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले सपथ ग्रहण गराएका हुन् ।

मधेश प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ प्रदेश सांसद छन् । माओवादी केन्द्रका रजिहैदर र माला कर्णले सपथ लिन पाएनन् ।

क्लस्टर विवादको कारण सर्वोच्च अदालतले दुबैजनालाई तत्काल शपथ नगराउन आदेश दिएकोले नगराइएको प्रदेश सभा सचिव रञ्जित यादवले बताए ।

दुबैजना समानुपातिक सांसद हुन् । १० वटा दल र ५ स्वतन्त्र सांसदको प्रतिनिधित्व प्रदेशसभामा छ ।

प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले पहिलो, २२ सांसदसहित नेपाली कांग्रेस दोश्रो र १६ सांसदसहित जनता समाजवादी पार्टी ९जसपा० तेश्रो र १३ सांसदसहित जनमत पार्टी चौथो दल छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीको ७ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् ।

438 views