‘जारी २’को प्रदर्शन मिति घोषणा

Yangle News
Yangle News
२०८२ साउन १७ गते
‘जारी २’को प्रदर्शन मिति घोषणा

नेपाली चलचित्र ‘जारी २’ संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि विश्वभर रिलिज हुने भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेका हुन् ।

उपेन्द्र सुब्बा निर्देशित यो फिल्मको दोस्रो श्रृंखलाको नाम ‘सङ अफ च्याब्रुङ’ राखिएको छ । सन् २०२३ मा रिलिज भएको सुपरहिट फिल्म ‘जारी’ले बक्सअफिसमा १७ करोडभन्दा धेरै कमाइ गरेको थियो ।निर्माताले सोही फिल्मको दोस्रो श्रृंखला दर्शकमाझ ल्याउन लागेका हुन् ।

दयाहाङ राई, मिरुना मगर, विजय बरालको शीर्ष भूमिका रहेको यो फिल्मलाई बाँसुरी फिल्म्सले निर्माण गरेको हो । लेखन तथा निर्देशन सुब्बाको छ । रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ यो फिल्मका निर्माता हुन् ।

लिम्बु समुदायको जारी प्रथाको कथावस्तुमा फिल्म बनेको हो ।

Yangle News