सुनको मूल्य प्रतितोला एक लाख १० हजार पुग्यो

Yangle News
Yangle News
२०७९ चैत्र ५ गते
सुनको मूल्य प्रतितोला एक लाख १० हजार पुग्यो

नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेको छ । एक  सातामा तोलामै ६ हजार ५ सय रुपैयाँले बढेर सुनको मूल्यले कयाँ कीर्तिमान कायम गरेको हो । नेपाली बजारमा सुनको यो मूल्य सम्भवत अहिलेसम्मकै उच्च हो ।

यसअघि सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँसम्म पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  यससँगै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार कायम भएको छ ।

आज चाँदीको मूल्य  तोलामा ३५ रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँ  थियो ।

विश्वबजारमा देखिएको मन्दीसँगै लगानीकर्ता स्टक मार्केट छाडेर सुनचाँदीमा लगानी गर्न आकर्षित भएको देखिएको छ। अमेरिकी बजारमाउ आर्थिक मन्दीको असर स्टक मार्केटमा परेको छ। त्यसैले लगानीकर्ता आफ्नो लगानी सुरक्षित गर्न सुनचाँदीमा आकर्षित भएको विश्लेषण गरिएको छ।

 

366 views